सुन तस्करीका नाइके कृष्ण गोपाल अग्रवाल ‘काले’ युएईमा पक्राउ !

मनिषा थापा

काठमाडौं : ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दामा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेडकर्नर नोटिस जारी गरेका थप एक अभियुक्त संयुक्त अरब इमिरेट्स (युएई) मा पक्राउ परेका छन् ।

तस्करी गिरोहका एक नाइके कृष्ण गोपाल अग्रवाल ‘काले’ लाई नेपाल प्रहरीको आग्रहमा युएई प्रहरीले पक्राउ गरेको हो । उनी गिरोहका मुख्य लगानी कर्तामध्ये एक हुन् भन्ने खबर नयाँ पत्रिका दैनिक छ ।

दुई साताअघि पक्राउ परेका कृष्ण गोपाललाई दुबईबाट नेपाल ल्याउन त्यहाँको प्रहरीसँग सहकार्य भइरहेको नेपाल प्रहरीले जनाएको छ । प्रहरीले खोजी सुरु गरेलगत्तै गत वर्ष कृष्ण गोपाल दुई गएका थिए ।

झापा शिवसतासी नगरपालिका-६ का उनी कालु, काले तथा किसनजस्ता उपनामले चिनिन्थे । यस अघि सोही मुद्दामा फरार तीन अभियुक्त दुबईबाटै पक्राउ परेका थिए।

प्रतिक्रिया