राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी म्यानमार प्रस्थान्

मनिषा थापा

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने राजकीय भ्रमणका लागि म्यानमार प्रस्थान् गरेकी छिन्।

म्यानमारका समकक्षी विन मिन्टको निमन्त्रणामा म्यानमार भ्रमणका लागि राष्ट्रपति भण्डारी शितलनिवासबाट स्थलमार्ग नभई हेलिकोप्टरबार विमानस्थल पुगेकी थिईन्। जनतालाई सास्ती हुने भन्दै राष्ट्रपति हेलिकप्टरमार्फत विमानस्थल गएको बताइएको छ।

आज बिहान ११ बजे नेपाल एयरलायन्सको विमानबाट म्यानमार प्रस्थान गरेकी उनलाई उपरारष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुले विदाई गरेका छन्। राष्ट्रपति भण्डारी र उनको प्रतिनिधिमण्डलको सम्मानमा म्यानमारका राष्ट्रपति मिन्तले राजकीय भोजको आयोजना गर्ने छन्। म्यानमारमा रहँदा राष्ट्रपति भण्डारीले नेपाली मूलका नागरिकसँग पिन ओ लिनमा भेटघाट गर्ने कार्यक्रम रहेको छ। उनले राष्ट्रपति विन्ट र स्टेट काउन्सिलर आङ साङ सुचीसँग आपसी हित तथा द्विपक्षीय सम्बन्धबारे कुराकानी गर्ने छिन्।

त्यस्तै, राष्ट्रपति भण्डारीले युनेस्कोको विश्व सम्पदा बगान र यङ्गोन एवं ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थानको भ्रमण गर्ने छिन्।

राष्ट्रपति भण्डारीको प्रतिनिधि मण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहेका छन्।

प्रतिक्रिया