स्व.प्रकाश दाहालको दोस्रो स्मृती दिबस: भाबपूर्ण श्रद्धाञ्जली

admin
  • खगेन्द्र हमाल

सुर्खेत : स्व.युवा नेता तथा तात्कालीन माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य साकार दाहाल ‘प्रकाश’को निधन भएको आज २ वर्ष पूरा भएको छ।युवा नेता तथा नेकपाका अध्यक्ष प्रचण्डका छोरा एवंम स्वकीय सचिवसमेत रहेका प्रकाश दाहालको गत वर्ष आजकै दिनमा हृदयघातका कारण निधन भएको थियो। एमाले–माओवादीको चुनावी गठबन्धनको तयारीका लागि काठमाडौं आएका बेला प्रकाशको आकस्मिक निधन भएको थियो।

प्रकाश दाहालको दाेस्राे स्मृति दिवसका सन्दर्भमा परिवारका सदस्यहरुले नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे निजि निवास खुमलटारमा दीप प्रज्वलन गरेर स्व:प्रकाश् दाहालको तस्वीरमा टीका लगाएर श्रद्धाञ्जली व्यक्त गरेका छन।दाेस्राे स्मृति कार्यक्रम आन्तरिक रुपमा घरमा नै गर्न लागिएकाे लाजिम्पाट स्राेतले जानकारी दिएकाे छ।

नेकपाका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहाल लोकप्रिय युवा नेता मात्रै नभएर मीडियामैत्री, सरल स्वाभाव र व्यवस्थापनका दृष्टिले असाध्यै कुशल मानिने प्रकाशका सामाजिक सञ्जालमा लाखौ समर्थक थिए।२०५७ सालमा ने.क.पा. (माओवादी) को पूर्णकालीन कार्यकर्ताको अध्यक्ष प्रचण्डको सचिवालय, अङ्गरक्षक र व्यवस्थापनमा निरन्तर रहदै २०५७/२०५८ मा आधारभूत शैन्य तालिम र जनमुक्ति सेनामा क्रियाशील हुनुभएको थियोे। अध्यक्ष प्रचण्डका सबै राजनीतिक सङ्घर्षमा बलियो साथ थियोे ।२०६५ मा प्रचण्ड प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीको स्वकीय सचिव र२०७३ मा प्रचण्ड प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीको स्वकीय सचिव। २०७३ मा नेकपा (माओवादी केन्द्र) को पोलिट्व्यूरो सदस्य हुनुभएको थियो ।

उनको १२ बुंदे सम्झौता, शान्ति सम्झौता लगायतका राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका थियो । सूचना, प्रविधिमा विशेष दख्खल र क्रियाशीलताका भण्डार प्रकाश् अध्यक्ष प्रचण्डको सचिवालय व्यवस्थापन र सुरक्षामा विशेष योगदान रहेको थियोे । प्रचण्डको दोस्रो प्रधानमन्त्री काल व्यवस्थित र सफल बनाउन विशेष योगदान दिनुभएका प्रकाश प्रवासमा रहेका नेपालीहरुसँग विशेष सम्बन्ध, सम्पर्क तथा उनीहरुको उद्दार र राहतमा अविस्मरणीय योगदान पुर्याउनु भएको थियोे २०७४ असोज १७ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको चुनावी तालमेल र पार्टी एकताको संकल्पको वातावरण बनाउन सक्रिय भूमिका निर्वाह गर्दै बहुमूखी प्रतिभाका धनी, पोख्त ।

कुशल व्यवस्थापक र प्रशासक तथा सामाजिक सञ्जालमा झण्डै लाखौ ‘फ्लोअर्स’रहेका दाहाल मीडियामैत्री व्यक्तित्व, समन्वयकारी व्यक्तित्व, सरल, जनतासँग घुलमिल हुन रुचाउने, र हरेक जिम्मेवारी कूलशलतापूर्वक निर्वाह गर्ने कार्यशैली उनमा थियो । अध्यक्ष प्रचण्डका ‘सम्पर्क सुत्र’, असल छोरा, स्वकीय सचिव र सल्लाहकार तथा सधै बाबुको सफलतामा रमाउने एक मात्र छोरा थिए प्रकाश ।

मृत्यु कहिले हुन्छ,कसरी हुन्छ भन्न सकिन तर हामी मर्छौं चाहेर पनि मर्छौं नचाहँदा नचाहँदै पनि मर्छौं ।यस सत्यप्रति कोही अनभिज्ञ छैनौँ।मृत्यु एक्लै खबर नगरिकनै आउँछ,अकस्मात आउने मृत्युसँग फगत एउटा कोलाहल हुन्छ, एउटा उत्पति हलचल, एउटा अशान्त पीडा र कल्पनातित विजोग, विचल्ली, हाहाकार हुन्छ।जिन्दगीको सबैभन्दा ठूलो दुर्घटना भन्छु म यसलाई जो छ त्यो सुनिश्चित छ। यो हाम्रो नियति नै हो।धेरैलाई लाग्दो हो मर्नु नपरेको भए हुन्थ्यो।साँच्चि मर्नुनपर्ने भएको भए शायद यसभन्दा ठूलो दुर्घटना अर्को हुनेथिएन ।

मृत्युभन्दा पनि डरलाग्दो जोखिम भन्छु यसलाई । मर्नलाई हामी बाँचेका हैनौँ, बाँच्नलाई भने नमरी हुन्न।मृत्यु र जीवन एक अर्कोको विकल्प होइन।एक अर्कोको शत्रु पनि होइन।मृत्युसँग जीवन गाँसिएको हुन्छ।जीवनलाई मृत्युले लय, छन्द गीत दिन्छ । जहाँ जीवन छ त्यहाँ मृत्यु हुन्छ, जहाँ मृत्यु छैन त्यहाँ जीवन पनि हुँदैन । एउटाको उपस्थिति नै अर्कोको आसीत्व गुरूत्वाकर्षणमा विपरीतीय सापेक्षमा छ।जिवनमा कोहि नमर्ने भइदिएको भए जिन्दगी कति खल्लो लाग्ने थियो ।

ओह, त्यसबेलाको कल्पनातीत भयावहता सोच्नै सक्तिन । हामी अस्तीत्वविहीन हुन्थ्यो न मूल्य हुन्थ्यो, न मर्यादा, न प्रतिस्पर्धा, न यसप्रति अहिलेझैँ मोह न आस्था । न आकषिर्त हुन्थ्यौँ न त सङ्घर्ष गरिरहनु पर्थ्यो।त्यसैले जन्म नै मृत्यु हो।जिवनको यो घडी जतिवेला पनि रोकिन सक्छ। स्व: प्रकाश् दाहाल प्रती भावपुर्ण श्रद्धाञ्जली !!

प्रतिक्रिया

सम्बन्धित समाचारहरू