‘ओली सरकार सिमा विवाद नसुल्झाएर मन्त्रिमण्डल पुनर्गठन गर्न तर्फ लाग्यो’

मनिषा थापा

पिएनपिखबर : पूर्वसांसद रामहरि खतिवडाले ओली सरकार सिमा विवाद नसुल्झाई मन्त्रिमण्डल पुनर्गठन गर्न तिर लागेको भन्दै गुनासो पोखेका छन्। संवाद चौतारीमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको सिमा मिचिदा पनि ओली सरकार पुनर्गठन गर्ने हल्ला फिजाएर बसेको उनले गुनासो पोखेका हुन्।

एक इन्च भुमि दिन्न भने पनि एकपटक पनि परराष्ट्रमन्त्री र प्रधानमन्त्रीसँग कुरा गर्ने हिम्मत राख्न नसकेको बताए। यसै सन्दर्भमा उनले भने, ‘राष्ट्रबादको मिठा-मिठा पुरा गर्ने, भारतीय प्रम आउँदा उनकै राष्ट्रिय पोशाक लाउने यो सरकार लम्पसारबाद भएर बसेको छ। सिमा मिचिएको यस्तो संवेदनशील कुरामा पनि एक बोल्न सकेका छैनन् ओली।’

नेपालको अस्तित्वको लागि जाति-धर्म एक भई लड्नुपर्छ भन्दा पनि ओली सरकारले केहि गर्न नसेको उनको आरोप छ। बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया