सेनाको हेलिकप्टर मतपत्र लिएर हुम्ला पुग्यो

admin
  • खगेन्द्र हमाल

हुम्ला, मंसिर ६ : हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका उपाध्यक्ष पदमा हुन लागेको उपनिर्वाचनका लागी मतपत्र हुम्ला पुगेको छ । नेपाली सेनाको हेलिकप्टरबाट विहिबार मतपत्र हुम्ला पुगेका हो । उपनिर्वाचनका लागि चार हजार दुई सय ८० मतपत्र हुम्ला पुगेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जानकारी दिएको छ । मंसिर १४ गते उपाध्यक्ष पदको लागि उपनिर्वाचन हुनेछ ।

मतपत्र निर्वाचन आयोगकका कम्प्युटर अप्रेटर निर्मलकुमार लुइटेलले मुख्य निर्वाचन अधिकृत चन्द्रकान्त पौडेललाई जिम्मा लगाएको जानकारी दिए। मतपत्र अहिले हुम्ला जिल्ला अदालतमा कडा सुरक्षाका साथ राखिएका छन् । मतपत्रको सुरक्षाका लागी नेपाली सेना,नेपाल प्रहरी, सस्त्र प्रहरी खटिएका छन् ।

उपनिर्वाचनमा तीनवटा राजनितीक दलका तीन जनाले उपाध्यक्ष पदका लागी मनोनय दर्ता गराएका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट रुपा शाही,नेपाली काङग्रेसबाट तारा शाही , राप्रपाबाट दिप बहादुर शाहीले मनोनय दर्ता गराएका छन ।

वडा नम्बर १ को मालिका माबि मतदान केन्द्र, २ को शंकर प्राबि केन्द्र, ३ का हुम्ला माबि राया, ४ को सीता माबि छिप्रा र ५ को मान्धारा माबि खर्पेलगाउँलाई मतदान केन्द्र तोकिएको छ । पालिकामा पाँचवटा मतदान केन्द्र रहेका छन भने उपनिर्बाचनमा तीन हजार ३ सय ८७ मतदाताले मतदान गर्न पाउने मुख्य निर्वाचन अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिए ।

प्रतिक्रिया