कीर्तिपुण्य महाविहारको उद्घाटन

कृष्ण रोकाया

काठमाडौँ ८ मङ्सिर : भूकम्पको कारण क्षति भएको सम्पदाको पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले चासो देखाएको छ । वसन्तपुरमा भूकम्पकै कारण क्षति भएका आठ सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको छ भने अन्य नौ वटा पुनःनिर्माणको अवस्थामा रहेको छ ।

यसैबीच शनिबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यले वडा नं २१ स्थित लगनटोलमा रहेको ऐतिहासिक कीर्तिपुण्य महाविहारको उद्घाटन गर्नुभयो । यस विहारमा पनि विसं २०७२ को भूकम्पले क्षति पुगेको थियो । ठीक एक वर्षअघि पुनःनिर्माण शुरु गरिएको यस विहारको तोकिएको समयमै निर्माणकार्य सम्पन्न भएको हो । यस विहारको लागत रु ५० लाख रहेको छ ।

प्रमुख शाक्यले सत्तल, महाविहार, पाटी–पौवा, मन्दिर पुनःनिर्माण महानगरपालिकाको नीतिभित्रै रहेको बताउनुभयो । कामपाले नयाँ निर्माणलाई निषेध गरेको छ र पुनःनिर्माणलाई प्राथमिकता दिएको छ भन्दै उहाँले पुनःनिर्माण गर्नुपर्ने स्थानमा कामपा र स्थानीय गुठियारको पहलमा काम अघि बढाOएको बताउनुभयो ।

कतिपय ठाउँमा गुठी संस्थान र पुरातत्व विभागले राम्रो समन्वय गर्न नसक्दा समस्या भए पनि निर्माणका लागि कामपासँग आर्थिक स्रोतको अभाव नभएको शाक्यले बताउनुभयो ।रासस

प्रतिक्रिया