स्वागत नेपाल सहित् दर्जनौ युवाहरुको बाटोमै अनशन र नाराबाजी

मनिषा थापा

काठमाडौँ : भारतले नेपालको लिपुलेक, कालापानी, लिम्पीयाधुरा लगायतका नेपाली भूमी समेतलाई समेटी राजनितिक नक्सा सार्वजनिक गरेको विरोधमा प्रदर्शन गर्न भारतीय दुतावास अघि  पुगेका अधिवक्ता स्वागत नेपाल सहित एक दर्जन युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो शनिबार अपराह्न राजधानीको माइतीघर मण्डलाबाट शुरु भएको विरोध र्‍याली भारतीय दूतावास अगाडि पुगेको थियो । शोही ठाउँबाट प्रहरीले अधिवक्ता सहितको टोलीलाई नियन्त्रणमा लिएको थियो।

उनीहरुलाई भारतीय दुतवास अघि अनसन बसिरहेको क्रममा प्रहरीले नियन्त्रणमा लिई तिनकुनेस्थित छाडेको थियो। प्रहरीको गाडीबाटै स्वागत नेपालले ‘मोदी हिन्दु आतंकबादी हुन्’ र ‘गो ब्याक इन्डिया’ भन्दै नारा लगाएका थिए। बाँकी हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू