देशको अवस्था प्रतिकूल भएको भन्दै विश्व भूमिभक्तको चिन्ता

admin

काठमाडौं, ९मंसिर : विश्व भूमिभक्त (होमबहादुर कार्की) ले देशको परिस्थिति चिन्ताजनक रहेको टिप्पणी गरेका छन् । उनले विश्व भूमिमाथि नै छिमेकीलाई भिडाएर तहसनहस बनाउने कामप्रति आफ्नो असन्तुष्टि जनाएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘देवलोकको परिस्थिति’ विषयमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

उनले देशको उच्चतहमा बस्नेप्रति लक्षित गर्दै उक्त सन्तुष्टि जनाएका हुन् । उनी भन्छन्,‘नेपाल ३३ कोटी देवीदेवताहरुको स्वर्गलोक हो । यसलाई तहसनहस बनाउने काम देशभित्रकै राजनीतिक नेतृत्वबाट भएको छ । जसलाई सर्वदीय बैठकको नाममा सस्तो राष्ट्रवाद देखाउन खोजिएकोप्रति लक्षित गरिएको छ । उनी थप्छन्,‘सर्वदलीय बैठकमा सबैपक्षको उपस्थिति हुनुपर्छ ।’

मुलुकलाई शान्तिपूर्ण बनाउनको लागि सम्पूर्ण सञ्चारकर्मीदेखि राजनीतिक नेतृत्वको पनि उनले ध्यानाकर्षण गराएका छन् । उनी अगाडि भन्छन्,‘स्वर्गजस्तो भूमि नेपाललाई अहिले यहाँकै भक्तजनहरुलाई भिडाएर रणभूमि बनाउन खोजिँदैछ, यसमा छिमेकीहरुको कुनै दोष छैन । अहिले छिमेकीहरुबीच नै द्वन्द्व निम्त्याउने काम भएको छ ।’ देशमा सुशासन र स्थायित्व दिनका लागि खाली राजनीतिक नेतृत्वले मात्रै सुविधा लिएर नहुने उनको तर्क छ । ‘त्यसमा धर्ममा आस्था राख्ने साधु, सन्त र भक्तजनहरुलाई पनि सामेल गराउनुपर्छ’–उनले थपे ।

अहिले नेपाल, भारत र चीनबीच तीन छिमेकीबीच द्वन्द्व सिर्जना गरेर अन्य छिमेकीले फाइदा लिन खोजेकोप्रति पनि उनले असन्तुष्टि प्रकट गरे । उनले आगामी मंसिर २१ गतेदेखि आफूले ध्यान र भक्ति गरेर इन्द्रको चक्र चलाउन देवतासँग अनुमति लिने र सम्पूर्ण श्रदालु भक्तजनसँग निमन्त्रणा गरेका छन् । उनले भने,‘अन्यका भक्तहरुले हतियार उठाउनुहुन्छ भने हामी देवका भक्तले देवताकै औजार उठाउनेछौं ।

त्यसको सहयोगबाट स्वर्गजस्तो पवित्र आमालाई धर्मभक्तहरुले सोच्नुपर्ने छ ।’ उनले आफूले ९० दिनसम्म पनि भोकै बसेर देवलोकमा भएको अतिक्रमण रोक्नको लागि ईन्द्रको चक्र चलाउँदै बसेको पनि सुनाए । उनले भने,‘९० दिनसम्म केही पनि नखाई म अखण्ड बत्ति बालेर बसेको छु ।’

प्रतिक्रिया