एनसेलको रिचार्ज चमत्कार योजना

admin

काठमाडौं मंसिर १० : एनसेलले नयाँ योजना ‘रिचार्ज चमत्कार’बारे जानकारी दिँदै टिभी कार्यक्रम र आफ्नो फेसबुक पेजमार्फत पाँच भाग्यशाली कोड घोषणा गरेको छ। घोषणा गरिएको प्रत्येक कोड नम्बरबाहकले जनही दुईलाख रुपैयाँ जितेका छन्।

आफ्नो लोयल्टी योजनाअन्तर्गत एनसेलले मंसिर १ देखि सञ्चालन गरेको ‘रिचार्ज चमत्कार’ योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक साता दुई लाख र प्रत्येक महिना १० लाख रुपैयाँ जित्ने बताइएको छ।

एनसेलका प्रिपेड र पोस्टपेड ग्राहकले सातामा १०० रुपैयाँ वा यसभन्दा बढीको रिचार्ज गरी योजनामा सहभागी हुन सक्नेछन्। प्रत्येक रिचार्जमा एक विशेष कोड एसएमएसमार्फत प्राप्त हुने र सोही कोडका आधारमा विजेता चयन गरिने बताइएको छ। पुरस्कारका लािग कोड सुरक्षित राख्न एनसेलले जनाएको छ।

प्रतिक्रिया