बलात्कारको आरोप लागेका ‘सिद्धबाबा’ पक्राउ ! प्रहरी भन्छ- पक्राउ परेका छैनन्

शर्मिला गुरुङ

सुनसरी, मङ्सिर १३ : बलात्कारको आरोप लागेका चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको खबर झुटो भएको प्रहरीले बताएको छ । सिद्धबाबालाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको खबर विभिन्न अनलाइनमा बाहिरिनु मिडियाले झुटको खेति गरेको सुनसरिका प्रहरी प्रवक्ता बिनोद शर्माले बताएका छन । कृष्णदास गिरी बिहीबार बिहानैदेखि प्रहरी नियन्त्रणमा भएको समाचार विभिन्न अनलाइनमा बाहिरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले बिहीबार नै कृष्णदासविरुद्ध मुद्दा दायर गरेको जनाएको छ । मुद्दा दर्ता भएन भन्दै प्रहरीको आलोचना भए पनि प्रहरीले भने बिहीबार नै मुद्दा दायर गरिसकेको जनाएको हो। 

जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी लिएर मात्रै सिद्धबाबालाई पक्राउ गर्ने तयारी गरिरहेको प्रहरीले बताएको छ । सिद्धबाबामाथि आफ्नै अनुयायी महिलामाथि गएको कात्तिक ४ गते बलात्कार गरेको आरोप लागेको छ । ती महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाएकी छिन् ।

यसबाहेक सिद्धबाबाले धर्मको झुटको खेति गरेको आरोप लाग्नुको साथै राजनीतिक संरक्षणको आडमा अपाराधिक क्रियाकलापमा संलग्न भएको आरोप लाग्दै आएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू