”द लिडर’ जस्तो चुनौतीपूर्ण कार्यक्रमको विरोध र खुट्टा तान्ने काम गलत हो’

मनिषा थापा

पिएनपिखबर  : संचारकर्मी रवि लामिछानेको नयाँ शो ‘द लिडर’को प्रोमो सार्वजनिक भएसँगै उक्त कार्यक्रम चर्चाको विषय बनेको छ। धेरैले सामाजिक संजालमार्फत कार्यक्रमबारे अनेकौं प्रतिक्रिया दिईरहेका छन् ।

प्रोमोमा देखाईएको निर्णायकहरु र कार्यक्रमको ढाँचा चित्त नबुझेको भन्दै केहिले विरोध गरिरहेका छन् भने केहिले नयाँ धार बोकेको कार्यक्रम निकै राम्रो हुनेमा आशावादी रहेको भन्दै समर्थन जनाईरहेका छन्।

यसै सन्दर्भमा बोल्दै संचारकर्मी तथा राजनीतिक विश्लेषक अनन्त राम केसीले भने ‘द लिडर’ कार्यक्रम सफल हुनुपर्ने बताए। राजनीतिक भिजन भएर पनि ओझेलमा परेकाहरुले अबसर पाउने उक्त कार्यक्रम नयाँ र चुनौतीपूर्ण रहेको उनको भनाई छ।

उनले कार्यक्रम शुरु हुनु अगाबै विरोध गर्नु उचित नभएको जनाए। उनले भने, ‘केहि गर्न लाग्दा खुट्टा तान्ने प्रवृति गलत हो।’ उनी ‘द लिडर’ बाट योग्य लिडरको जन्म हुनेमा आशावादी देखिन्छन।

‘द लिडर’ कार्यक्रम शिघ्र प्रशारण हुने छ जसलाई प्रस्तोता रवि लामिछानेले सञ्चालन गर्नेछन्। कार्यक्रमको निर्याणकमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, पूर्व पत्रकार तथा नेता रविन्द्र मिश्र रहने छन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू