आउँदै गरेको सूर्यग्रहणमा यी कुराहरुको ख्याल राख्नुपर्ने !

मनिषा थापा

काठमाडौँ : आउँदो बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ । नेपाली समय अनुसार बिहान ८ः४२ बजे सूर्य ग्रहण शुरु हुनेछ भने १०ः०१ बजे मध्य हुने र ११ः३१ बजे सूर्य ग्रहण सकिनेछ । उक्त ग्रहण अवधिभर हामीले धेरै कुराको ख्याल राख्नु पर्ने हुन्छ। कुनै पनि शुभकार्य गर्न समेत् बर्जित गरिएको छ ।

हिन्दु धर्म अनुसार ग्रहणको सूतक काल शुरु भएपछि कुनै पनि कार्य गर्नुहुदैन । यस्ता छन् ग्रहणलाग्दा गर्न हुने र नहुने कार्य :

ग्रहण लागेको बेला गर्नुपर्ने कार्य
१. ग्रहण लागेको बेला भगवानको ध्यान तथा भजन गर्नुपर्दछ ।
२. ग्रहण अवधिभर शान्त रहने तथा भगवानका मन्त्र उच्चारण गरिरहनु पर्दछ ।
३. ग्रहण समाप्त भएपछि घरका हरेक कोठामा गंगाजल छरेर मात्र प्रवेश गर्नुपर्दछ ।
. ग्रहणको अवधिमा आदित्य हृदय स्तोत्रको पाठ गर्नु लाभदायक मानिन्छ ।
. ग्रहणको गलत प्रभावबाट बच्न महा मृत्युंजय मन्त्रको जाप गर्नुपर्दछ ।

गर्न नहुने कार्य

.  ग्रहण लागेको बेला कुनै पनि शुभ कार्य वा कुनै पनि कार्यको थालनी गर्नु हुदैन ।
२.  ग्रहण लागको बेला सुत्केरी, अशक्त तथा बालबालिका बाहेकले भोजन गर्नु हुदैन ।
.  ग्रहण लागेको समयमा चुल्हो बाल्न, जुठो राख्न तथा लिपपोत गर्न बर्जित रहेको छ ।
.  ग्रहण अवधिभरी कुनै पनि देवि देवताको मुर्ति, तुलसि, शालिग्रामलाई छुनु हुदैन ।
.  ग्रहणको अवधिभरी बिरामि र अशक्त बाहेकले सुत्नुहुदैन ।
.  ग्रहण लागेको बेला कोहिसंग झगडा गर्नु हुदैन ।
७.  ग्रहण अवधिभर कसैसंग झुटो बोल्ने वा कुनै वाचा गर्नुहुदैन ।
.  ग्रहण अवधिभरी गर्भवती महिला घरबाट बाहिर निस्कनु हुदैन ।
.  ग्रहणलाई सुरक्षा बिना प्रत्यक्ष्ँ आ“खाले हेर्नु हुदैन । ग्रहण हेर्न मिल्ने चस्मा लगाउनु उत्तम हुन्छ ।
१०.  ग्रहण अवधिमा चक्कु, छुरी वा धारीलो हतियारको प्रयोग गर्नु हुदैन ।
११.  ग्रहण अवधिमा पूजा गर्नु हुदैन ।
१२.  ग्रहण अवधिमा नुहाउनु समेत हुदैन । यसलाई अशुभ मानिन्छ ।

प्रतिक्रिया