काभ्रेको पात्लेखेतमा टाटासुमो दुर्घटना, एकको मृत्यु

राष्ट्रिय समाचार समिति

बनेपा, १० पुस : धुलिखेल नगरपालिका–११ पात्लेखेतस्थित बिपी राजमार्गमा आज अपराह्न सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–८ की अन्दाजी २५ वर्षीया मीनाकुमारी बोगटी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ६१५३ नम्बरको सुमो आफँै अनियन्त्रित भई सडक किनारामा भएकोे बारमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका बोगटीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते भएका बोगटीको अन्दाजी चार वर्षीय छोरा बल्लभ खड्काको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । गाडी र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया