राजधानीमा प्लटिङका नाममा सार्वजनिक जग्गा अतिक्रमण

admin

काठमाडौं, १२ पुस: राजधानी काठमाडौंमा विभिन्न स्थानमा प्लटिङका नाममा सार्वजनिक जग्गा अतिक्रमणमा परेका पाइएको छ । सार्वजनिक जग्गामाथिको अतिक्रमण हटाउने क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंले गरेको उजुरी छानबिनमा यस्तो तथ्य फेला परेको हो ।

प्रशासनले राजधानीका विभिन्न स्थानका सार्वजनिक जग्गा कर्मचारी र भूमाफियाको मिलेमतोमा प्लटिङका नाममा अतिक्रमणमा परेको पाइएको जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार जग्गा प्लटिङ गर्नेहरुले सार्वजनिक जग्गा रहेको स्थान पहिचान गरी त्यसै वरपर केही रोपनी जग्गा किन्ने र समयसँगै सार्वजनिक जग्गा समेत अतिक्रम गरी प्लटिङ गरी बिक्रीवितरण गर्ने गरेको पाइएको छ ।

छानबिनका क्रममा प्लटिङ गर्नेहरुले एक रोपनी जग्गा किनेर १०औं रोपनीभन्दा बढी अतिक्रमण गरेको पाइएको प्रजिअ दाहालले जानकारी दिए । राजधानी दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया