गोकर्ण फरेस्ट रिसोर्ट अगाडी तरुण दलको प्रदर्शन

मनिषा थापा

काठमाडौँ : नेपाल ट्रष्टको जग्गा कौडीको दरमा यति होल्ड्ङ्स प्रालिलाई दिएर नितिगत भ्रष्टाचार गरेको सम्बन्धमा कागेश्वोरी मनहरा तरुण दलको आयोजनामा स्व.बि.यु परिसद नेपाल र कान्तिपुर क्याम्पस स्व.बि.यु को संयुक्त एकबद्द्तामा गोकर्ण फरेष्ट रिसोर्ट अगाडि सांकेतिक बिरोध गरेको छ।

हिजो (आइतबार) तरुण दलका नगर संयोजक प्रेम थापाको संयोजकत्वमा भएको बिरोध कार्यक्रममा उक्त जग्गा साविकको कागेश्वरी मनहरा नगरपालिका भित्र पर्नु पर्नेमा नियोजित रुपमा गोकर्णेश्वर नगरपालिका भित्र पारिएको हुनाले उक्त जग्गा कागेश्वरी मनहरा नगरपालिकालाई फिर्ता दिन पर्ने माग रहेको थियो ।

गोकर्ण फरेस्ट रिसोर्टको जग्गा यती होल्डिङ्सलाई ६ बर्ष अघि नै नविकरण गरेर सरकारले दिए पछि नयाँ कुराहरु बाहिर आउन थालेका छन्। कागेश्वरी मनहरा नगरपालिकाले उक्त जग्गा आफ्नो नगरपालिका भित्र पर्नु पर्ने माग गरेको छ। सांकेतिक बिरोध सुरुवात मात्र रहेको र आगामी दिनमा बिरोधका कार्यक्रमहरु अझै बढाउँदै लैजाने तरुण दल काठमाण्डू छेत्र न .२ का क्षेत्रीय सदस्य दीपेन्द्र पोखरेलले जानकारी दिनभयो ।

प्रतिक्रिया