बेहुली झै सिँगारिदैँ धुलिखेल, पात्लेखेत होमस्टेबाट नयाँ वर्षको सुरुवात

admin

धुलिखेल, १५ पुसः काभ्रेको धुलिखेलमा सरसफाईलाई निकै तीब्र बनाइएको छ । जिल्ला समन्वय समिति, धुलिखेल नगरपालिका, नेपाल प्रहरी, नेपाली सेना र क्षेत्रिय होटलसँघ मिलेर सरसफाईको काम गरेका छन् ।

पर्यटकीय नगर धुलिखेलले मंगलबार साँझ वडा नम्बर ११ मा रहेको पात्लेखेत होमस्टेमा भ्रमण वर्षको औपचारीक उद्घाटन कार्यक्रम गर्ने नगरपालिकाका प्रवक्ता पुष्पराज राउतले जानकारी दिए ।

अग्रेँजी नयाँ वर्ष २०२० र भ्रमण वर्षको पूर्वसन्ध्यामा पर्यटकीय नगर धुलिखेललाई सिँगार्न थालिएको हो । अड्डा बजार देखि भट्टेडाँडासम्मको सडक धज्जा पतकाले सजाइएको छ । डोजर लगाएर सडक दायाँ बायाँ नमिलेका ठाउँ मिलाउने काम पनि भइरहेको छ । धुलिखेलको भित्र भागमा रहेका पुरानो मौलिकता बोकेका घरलाई रंग रोगन गरिएको छ ।

पार्कहरुपनि धमाधम सरसफाई भइरहेका छन । धेरै जसो पार्कमा निःशुल्क इन्टनेर चलाउन मिल्ने ब्यवस्था धुलिखेल नगरपलिकाले गरेको छ । जिल्लाको १३ ओटै स्थानीय तहले पनि आफ्नो भूगोल सुहाउँदो पर्यटन प्रवद्र्धनको काम गरिरहेको जिल्ला समन्वय समितिले जनाएको छ । अग्रेजी नयाँ वर्षको पहिलो दिन धुलिखेलमा विशेष कार्यक्रमको आयोजना समेत गरिएको छ ।

प्रतिक्रिया