आज लाग्ने छैन घाम

admin

काठमाडौं : पश्चिमी न्युनचापिय प्रणालीका कारण आज देशभरको मौसम बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो हिमाली तथा उच्च पहाडी भेगमा हल्कादेखि मध्यम खालको हिमपात हुने महाशाखाका मौसमवीद् बरुण पौडेलले जानकारी दिए। पहाड र तराइका केही स्थानमा आज पानी पर्नेछ। यी बाहेक देशका अधिकाशं स्थानमा आज घाम लाग्ने छैन्।

पश्चिमी न्युन चापिय प्रणालीका कारण आज देशका धेरै जसो स्थानको आकाश धुम्म हुनेछ भने तापक्रम पनि घट्ने पौडेलले बताए। आगामी शनिवारसम्म यस प्रणालीका कारण मौसम बदली हुने संभावना रहेको महाशाखाले जनाएको छ। न्युन चापिय प्रणालीका कारण हिजो बेलुकीदेखी नै देशका केहि स्थानको मौसम बदली हुन सुरु गरेको थियो।

यस प्रणाली आज साँझ वा रातीदेखि अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू भागमा मध्यम देखी भारी हिमपातको सम्भावना रहेको छ। काठमाडौं उपत्यकाको न्युनतम तापक्रम \

प्रतिक्रिया