जापान र कोरियामा कोरोना त्रासः जोखिममा बसिरहेका छन् नेपाली

admin

काठमाडौं, फागुन १२: कोरोना भाइरस संक्रमणका कारण दक्षिण कोरिया र जापानमा रहेका नेपालीहरु त्रासमा बसिरहेका छन् । चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको प्रकोप कोरिया र जापानमा समेत महामारीका रुप लिन थालेपछि त्यहाँ रहेका नेपाली त्रासमा बसिरहेका हुन् ।

पछिल्लो तथ्याकंअनुसार कोरियामा ६ सय २ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने यसको संक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ । यस्तै, नेपालीको बाक्लो बसोबास रहेको जापानमा पनि १ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

कोरियामा रहेका नेपालीले आफूहरु सुरक्षित तवरले बसिरहेको राजधानीसँग बताए । कोरियाका अधिकांश मुख्य सहरमा नेपाली कामदार र विद्यार्थी बस्दै आएका छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

प्रतिक्रिया