दिल्लीमा नागरिकता विधेयक विरोध, ७ जनाको ज्यान गयो ३५ घाइते

admin

एजेन्सी, १३ फागुन : दिल्लीमा नागरिकता विधेयकको विरोध र समर्थन गरिरहेका समूहबीच हिंसा हुँदा सात जनाको ज्यान गएको छ भने झडपमा अन्य ३५ जना घाइते भएका छन् ।

मंगलबार बिहान उपचार गराइरहेका तीन जनाको ज्यान गएपछि ज्यान गुमाउनेको संख्या सात पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि एक जना प्रहरी र तीन जना सर्वसाधरणको ज्यान गएको थियो । झडपले हिंसाको रुप लिएपछि दिल्ली मेट्रोले सुरक्षाको कारण देखाउँदै जाफराबाद, मौजपुर, बाबरपुर, गोकुलपुरी, जोहरी एन्कलेव र शिव विहारको स्टेशन बन्द गरेको छ ।

झडपले हिंसाको रुप लिएपछि केन्द्रीय गृह मन्त्री अमित शाहले उपराज्यपाल अनिल बैजल, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र विभिन्न राजनीतिक दलका प्रतिनिधि सम्मिलित बैठक बोलाएका छन् ।

यसैबीच अमेरिका र भारतबीच मंगलबार विभिन्न विषयमा सम्झौता हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुई दिने भ्रमणका क्रममा भारत पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच विभिन्न विषयमा सम्झौता हुने टाइम्स अफ इण्डियाले जनाएको छ । 

प्रतिक्रिया