आङछिरिङ शेर्पाका छोरा लागुऔषधसहित प*क्राउ

admin

काठमाडौँ, १४ फागुन : व्यापारिक घराना यती होल्डिङ्सका दिवंगत अध्यक्ष आङछिरिङ शेर्पाका छोरा नवाङ पासाङ शेर्पा लागु*औषधसहित प*क्राउ परेका छन् । गत माघ १८ गते काठमाडौंको स्वम्भूबाट प*क्राउ परेका शेर्पासहित चारजनाको मुद्दाको काठमाडौं जिल्ला अदालतमा बुधबार भएको बयान नसकिएका कारण थुनछेक आदेश बिहीबार (भोलि) आउने भएको छ ।

जिल्ला न्यायाधीश विदुर कोइरालाको इजलासमा तीनजनाको बयान बुधबार सकिएको छ भने शेर्पाको बयान बिहीबार हुनेछ । त्यसपछि थुनछेक आदेश हुने अदालतले जनाएको छ । गत माघ १८ गते काठमाडौं महानगरपालिका–१५, भुइँखेलस्थित गुणलक्ष्मी लामाको घरमा डेरा गरी बस्ने ओमबहादुर गुरुङको कोठाबाट आङछिरिङका छोरा नवाङ पासाङ शेर्पासहित चारजनालाई स्वयम्भू प्रहरी प्रभागको टोलीले प*क्राउ गरेको थियो ।

प*क्राउ पर्नेहरुमा राजन श्रेष्ठ, सपना रायमाझी र ओमबहादुर गुरुङ पनि रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट खैरो हे*रोइन १०० मिलिग्राम, नाइट्रोजन १० ट्याबलेट, डाइजेपाम ६ पिस, नोफिन २ पिस, फेनगोजान ३९ पिस, सिरिन्ज १२ थान बरामद गरेको प्रहरीले जनाएको छ । आङछिरिङका छोरा प*क्राउ परेको घटनालाई भने प्रहरीले गोप्य राख्न खोजेको थियो ।

प्रतिक्रिया