तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको शालिक अनावरण

admin

काठमाडौं, १५ फागुन : पोखरामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शालिक अनावरण गरिएको छ ।

नेपाली राजनीतिमा लोकप्रिय युवा नेताको छवि बनाउन सफल अधिकारीको निधन भएको एक वर्षको पुण्यतिथिमा पोखरा-१८ मा रहेको जामुनबोटमा बन्दै गरेको शहीद पार्कमा शालिक अनावरण गरिएको हो ।

शालिकको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आन्तरिक मामिला तथा योजना मन्त्री हरिबहादुर चुमान, स्व अधिकारीकी धर्मपत्नी विद्या भट्टराई, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीलगायतले अनावरण गरेका हुन्।

यसै सन्दर्भमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको आयोजनामा बिहीबार पोखरा सभागृहमा प्रथम स्मृति दिवस कार्यक्रम आयोजना गरिएको छ ।

तत्कालीन पर्यटनमन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटना, आज एक वर्ष पूरा

 

प्रतिक्रिया