दुर्घटनामा गम्भीर घइते, महासचिव सीपी मैनाली

admin

काठमाडौं, १५ फागुन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मालेका महासचिव सीपी मैनाली दुर्घटनामा परेका छन् ।

महोत्तरी बर्दिबासको रातु पुलमा दुर्घटनामा परेका मैनालीको बर्दिबासको जनसेवा अस्पतालमा प्रथमिक उपचारपछि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

उनको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डीएसपी राजकुमार चापागाईँले जानकारी दिएका छन् ।

प्रमुख चापागाईँका अनुसार मैनाली चढेको बा ४ च २१२० नम्बरको कारलाई विपरित दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानले ठक्कर दिएको हो ।

दुर्घटनामा चालकसहित मैनाली परिवारका चार सदस्य घाइते भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया