काभ्रेमा कोरोना भाइरसको सर्तकता, धेरै जमघट हुने कार्यक्रम नराख्न सबै स्थानीय तहको उर्दी

admin

काभ्रे: काभ्रे जिल्लाका प्रायः सबै स्थानीय तहले ठूला जमघट हुने कार्यक्रम नगर्न उर्दी जारी गरेका छन् । सदमुकाम धुलिखेलमा विश्वब्यापी महामारिको रुप लिएको कोभिड–१९ (कोरोना भाइरस) उच्च सतर्कता आउने प्रतिबद्धता जनाएको भोली पल्टै उनीहरुले यस्तो उर्दी जारी गरेका हुन् । जिल्लाको ६ वटा नगरपालिका र ७ वटा गाउँपालिकाले नै भिडभाड हुने ठूला कार्यक्रमहरुको आयोजना नगर्न सबैलाई आग्रह गरेका छन् ।

 धुलिखेल अस्पताल र बनेपाको शीर मेमोरियल अस्पतालमा आइसोलेनस कक्ष सञ्चालनका लागि तयारी थालिएको छ । पनौती नगरपालिकाका प्रमुख भिमप्रसाद न्यौपानेले एक सुचना निकालेर सर्थक हुन नगरबासीलाई आग्रह गर्नुभएको छ । पनौती नगरपालिकाले नगरभित्रका सामुदायिक र निजि विद्यालयका प्रधानाध्यापकहरुलाई बोलाएर कोरोनाबाट बच्ने उपायका बारे विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम गर्ने निष्र्कष निकालेको छ । 

त्यस्तै धुलिखेल, पनौती, नमोबुद्ध, मण्डदनडेउपुर लगायत नगरपालिकाको स्वास्थ्य शाखाहरुले सचेत रहन नगरबासीलाई आग्रह गरेको छ । नगरपालिकाहरुले सभा, सम्मेलन, गोष्ठी, भ्रमण, महोत्सव जस्ता भिडभाड हुने कुनै पनि कार्यक्रम तत्काल नगर्न निर्देशन जारी गरेका छन् । पालिकाहरुले बार्षिक परीक्षाको तालिका समेत फेरबदल गरेका छन् ।  उता सिन्धुपाल्चोक जिल्लाका पनि सबै स्थानीय तहले सुचना निकालेर कोरोना भाइरसबाट बच्ने आफ्नो नागरिकहरुलाई आग्रह गरेका छन् । 

प्रतिक्रिया