काठमाडौँ, ७ चैत: सरकारले कोभिड १९ (कोरोना भाइरस) को संभावित संक्रमणबाट रोक्नका लागि चैत १० गतेदेखि लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रका नाममा गरेको संम्बोधनमा केही अवधिका लागि लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाइएको बताएका हुन्।