आफ्नै घरले कि*चेर वृद्धको मृ*त्यु

राष्ट्रिय समाचार समिति

हेटौँडा, ८ चैत : मकवानपुरमा घर भत्काउने क्रममा आफ्नै पुरानो घरले कि*चिएर एक वृद्धको मृ*त्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा पुरानो घरको ब्लकले किचेर ७३ वर्षीय पञ्चबहादुर दोङ्गको मृ*त्यु भएको प्र*हरीले जनाएको छ ।

ब्लकको गारो भएको आफ्नै पुरानो घर भत्काउने क्रममा उहाँको मृ*त्यु भएको जिल्ला प्र*हरी कार्यालय मकवानपुरका प्र*हरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार झ्याल ढोका तथा चौकोस निकाली सकिएको पुरानो घरबाट ब्लक निकाल्ने क्रममा उहाँलाई ब्लकले कि*चेको थियो । घ*टनास्थलमै मृ*त्यु भएका दोङ्गको श*व परीक्षणका लागि हेटौँडा अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया