शं’कास्पद बस्तु पगाल्न खोज्दा एक जनाको ज्यान गयो

admin

कैलाली, ९ चैत : कैलालीको गोदावरी नगरपालिका-४ फूलबारी बस्तीमा ‘शं’कास्पद बस्तु’ वि’स्फोट हुँदा १ जनाको ज्यान गएको छ ।

जंगलमा घाँस काट्न जाने क्रममा भेटिएको पित्तल जस्तो ‘शंकास्पद बस्तु’लाई घरमा ल्याएर पगाल्न खोज्दा वि’स्फोट हुँदा १ जनाको ज्यान गएको हो ।

वि’स्फोटबाट ज्यान जानेमा फूलबारी बस्तीका ४० वर्षीय नरबहादुर विक रहेका जनाइएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप गिरीले वि’स्फोट भएको पुष्टि गरे ।

एसपी गिरीका अनुसार गोदावरी नगरपालिका-४ मा विस्फोट भएको सूचना आएको छ । वनमा घाँस काट्न जाँदा भेटिएको पित्तल जस्तो वस्तुलाई घरमा ल्याएर पगाल्न खोज्दा वि’स्फोट भएको भन्ने बुझिएको छ ।

वि’स्फोटबाट १ जनाको ज्यान गएको भएपनि कुनै विस्फोटक पदार्थ नै वि’स्पफोट भएको भन्ने विषय यकीन नभएको एसपी गिरीले बताए ।

प्रतिक्रिया