मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को बैठक आज बस्दै

admin

काठमाडौं, ९ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (आज) दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

भूमिसुधार तथा सहकारी मन्त्री पद्मा अर्यालले मन्त्रिपरिषदको बैठक बोलाइएको जानकारी दिएकी छिन् । प्रधानमन्त्री ओलीले मिर्गौला पुनः प्रत्यारोपणपछि आइतबार पहिलोपटक मन्त्रिपरिषद्का बैठक बोलाएका हुन् ।

फागुन १८ गतेपछि आइतबार पहिलो पटक मन्त्रिपरिषदको बैठक बस्ने लागको हो । उक्त १८ गतेको बैठकले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गठन गरेको थियो ।

आइतबारको बैठकमा यो बीचमा उक्त समितिले गरेको काम कारबाहीको समीक्षा हुने छ । बैठकले कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै केही महत्वपूर्ण निर्णय लिने बुझिएको छ ।

प्रतिक्रिया