काभ्रे: काभ्रेका सबै स्थानीय तहले अत्यावश्यक बाहेक अन्य सेवा स्थगित गरिने बताएका छन् । आज देखि चैत २१ गतेसम्म सेवा स्थगित हुनेछ । जिल्लाको खानीखोला गाउँपालिकाले सबै सेवा बन्द हुने जनाएको छ ।
धुलिखेल, पनौती, पाँचखाल, नमोबुद्ध, बनेपा र मण्डनदेउपुर नगरपालिकाले अत्यावश्क बाहेक अन्य सबै सेवा स्थगित गरेका हुन् । तेमाल, चौरीदेउराली, बेथानचोक, महाभारत, भुम्लु र रोशी गाउँपालिकाले पनि सेवा स्थगित गरेका छन्
। स्वास्वसंग सम्बन्धित सबै सेवा, सरसफाई ब्यवस्थापन सेवा, दमकल एवं एम्बुलेन्स सेवा र विद्यूतीय बोलपत्र सम्बन्धित कार्यहरु भने सुचारु हुने स्थानीयहरुले बताएका छन् । काभ्रे जिल्लाका अन्य सरकारी कार्यालयका समेत अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरिएको छ ।