धुलिखेलको सञ्जिवनी माविमा ५० बेडको क्वारेन्टाइन तयार

admin

धुलिखेल: धुलिखेल नगरपालिकाले कोरोना भाइरसका संक्रमित राख्न धुलिखेलको सञ्जिवनी माध्यामिक विद्यालयमा ५० वेडको क्वारेन्टाइन कक्ष तयार गरेको छ । जिल्ला प्रशासन कार्यालय, नेपाली सेना र जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा नगरपालिकाले क्वारेन्टाइन तयार गरेको हो ।

आइतबार नगरपालिकामा बसेको बैठकले धुलिखेल नगरपालिकाभित्र रहेका होटल र विद्यालय भवन क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने समेत निर्णय गरेको थियो । सोहि निर्णय अनुसार सञ्जिवनी माध्यामिक विद्यालयमा क्वारेन्टाइन तयार गरिएको नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले त्यस्तै चोक–चोकमा मानिसहरुको भिडभाड हुन नदिन नेपाल प्रहरी, नगरप्रहरी, जनप्रतिनिधिलाई आग्रह गर्ने समेत निर्णय गरेको थियो ।

प्रतिक्रिया