काभ्रेको चार वटा स्थानीय तहमा सवारी साधन प्रवेश गर्न रोक

admin

काभ्रे : काभ्रे जिल्लाका चार वटा स्थानीय तहले सवारी साधन सञ्चालनमा रोक लगाएका छन् । जिल्लाको डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाले अहिले ६ बजेदेखि सवारीसाधनको प्रवेशलाई रोक लगाएको हो । आज दिउँसो कार्यपालिकाको आकस्मिक बैठक बसेर साझँ ६ बजेदेखि अत्यावश्क सवारी साधन बाहेक अन्य सवारी साधन रोक्ने निर्णय गरेको थियो ।

अर्को सुचना जारी नहुदाँ सम्मका लागि सवारीसाधन सञ्चालन हुन नपाउने प्रवक्ता प्रविन मोक्तानले जानकारी दिनुभयो । त्यस्तै बनेपा नगरपालिकाले अरनिको राजमार्ग बाहेक अन्य ठाउँमा सवारी साधन ठप्प गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत आनन्दराज पोखरेले जानकारी दिनुभयो । अरनिको राजमार्गमा गाडी गुडेपनि साँगादेखि धुलिखेल नगरपालिकाको सिमासम्म यात्रु ओर्लान र चढाउन पाइने छैन ।

त्यस्तै धुलिखेल नगरपालिकाले पनि अत्यावश्यक बाहेक सार्वजनिक र निजी यातायातका साधन सञ्चालनमा रोक लगाउने भएको छ । प्रमुख प्रशासकीय अधिकृत नारानाथ लुइटेलका अनुसार एम्बुलेन्स, दूध, तरकारी, खाद्यन्न ढुवानी गर्ने यातायातका साधन भने सञ्चालन हुनेछ । यसैबीच खानीखोला गाउँपालिकाका प्रवक्ता मान बहादुर गोलेका अनुसार भोली विहान देखि गाउँपालिकाबाट सवारी आवगमन पूर्ण रुपले बन्द गरिएको छ । अत्यावश्वक बाहेक कुनै पनि नाकाबाट सवारी आवगमन गर्न पाइने छैन् ।

प्रतिक्रिया