चीनमा देखियो नयाँ भाइरस, एकको मृत्यु

admin

काठमाडाैं – कोरोनाको चपेटाबाट निस्किएको चीनमा ‘हान्ता भाइरस’का कारण एक जनाको मृत्यु भएको जनाएकाे छ । चीनमा कोरोना भाइरस नियन्त्रउन्मुख भइरहेको छ ।

पछिल्लो समय कोरोना सङ्क्रमणको आशंका गरिएका एक जना हान्ता भाइरस को कारणले ज्यान गुमाएको परिक्षणबाट पत्ता लागेको छ। उत्तर पश्चिमी चीनमा हान्ताभाइरसका कारण ति व्यक्तिको ज्यान गएको चर्चित पत्रिका ग्लोबल टाइम्सले जनाएको छ ।

के हो हन्ता भाइरस ?
विशेषज्ञहरुका अनुसार कोरोना भाइरससजस्तै हन्ता भाइरस घातक भने छैन । कोरोनाभन्दा विपरित हावामार्फत् फैलँदैन । यो मुसा वा लोखर्केको सम्पर्कमा आउने मानिसमा फैलन्छ । तर यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । यदि कोही व्यक्ति मुसाको दिसा, पिसाब आदिलाई छुन्छ र आफ्नो आँखा, नाक र मुख छुन्छ भने उसमा हन्ता भाइरसको सम्भावना बढ्छ ।

यो भाइरस संक्रमण हुँदा मानिसलाई ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, पेट दुख्ने, उल्टी हुने, झाडा पखाला लाग्ने जस्ता लक्षण देखिन्छ । यदि समयमै उपचार नपाएमा हन्ता भाइरस संक्रमित मानिसको मृत्यू पनि हुनसक्छ ।

प्रतिक्रिया