कोरोना भाइरससँग लडिरहेकी भगवती स्वास्थ्य परीक्षणपछि घर फर्किन्

admin

काठमाडौं, १२ चैत : कोरोना भाइरस (कोभिड- १९) बाट संक्रमित नेपाली महिला भगवती रानाभाट पूर्णस्वास्थ्य लाभपछि घर फर्किएकी छिन् । रानाभाट तीन हप्ताअघि अस्पतालमा भर्ना भएकी थिइन् ।

उनलाई कोरोना भाइरस संक्रमण देखिएपछि बेलायतस्थित एक अस्पतालमा उपचारार्थ राखिएको थियो । उनले अस्पतालकै बेडबाट कोरोना भाइरस सम्बन्धि दिएको सन्देश अहिले भाइरल बनिरहेको छ ।

एनआरएनए यूकेको महिला विभागले मनाएको महिला दिवशमा उपस्थित भएकै भोलीपल्ट उनमा भाइरसको संक्रमण देखिएको थियो । मृत्युलाई जितेर भगवती घर फर्के पनि अर्की नेपाली महिलालाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया