जापानले तयार गर्‍यो कोरोना भाइरसको औषधि, ३४० विरामीमा प्रयोग

admin

काठमाडौँ, १३ चैत : विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड – १९) विरुद्ध जापानले तयार गरेको औषधि प्रभावकारी देखिएको रिपोर्ट सार्वजनिक भएको छ । चीनका चिकित्सा अधिकारीहरूले जापानले तयार गरेको इन्फ्लुएञ्जा विरुद्धको एउटा औषधि कोरोनाको विरामीको उपचारमा प्रभावकारी देखिएको उनिहरूले जनाएका छन् ।

चीनको विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारी जियान सिनमिनले जापानको फुजी कम्पनीले विकास गरको फाभिपिराभिर नामक औषधि चीनको बुहान र सेन्जेन प्रान्तमा क्लिनिकल परीक्षणका रुपमा ३४० विरामीमा प्रयोग गरिएको थियो । सो औषधि निकै प्रभावकारी भएको पाइएपछि अरुमा पनि प्रयोग गरिएको थियो ।

यो औषधि कोरानाको उपचारमा निकै सुरक्षित र प्रभावकारी पाइएको चिनियाँ अधिकारीलाई उद्धृत गर्दै दि गार्जियनले जनाएको छ । कोरोना भाइरस पोजेटिभ देखिएका विरामीलाई औषधि दिँदा चार दिनमा नै विरामीमा कोरोना नेगेटिभ देखिएको थियो । समान्यतया अन्य औषधि दिँदा ११ दिन लाग्ने गरेको जापानी टेलिभिजन संस्था एनएचकेले जनाएको छ ।

साथै सो फाभीपिराभिर नामका औषधि दिइएका विमामीको फोक्सोको अबस्थमा ९१ प्रतिशितले सुधार भएको र अन्य औषधि दिइएकमा ६२ प्रतिशत मात्र सुधार भएको जनाइएको छ । जापानी चिकित्सकहरूले कोरोनाको समान्य खालको लक्ष्यण भएका विारमीमा क्लिनिकल परीक्षण गर्दा यसबाट विरामीमा भाइरसको बृद्धिदरमा कमी आएको बताएका थिए ।

तर जापानी स्वास्थ्य मन्त्रालय स्रोतले भने गम्भिर संक्रमण भएका विरामीमा भने त्यति धेरै प्रभावकारी नभएको बताएका छन् । नेपालको सरकारी पत्रिका गोरखापत्रको अनलाइन संस्कारणका अनुसार चिनमा यो औषधिले कोरोना नियन्त्रणमा निकै ठुलो सहयोग गरेको थियो ।

प्रतिक्रिया