कोरियाबाट नेपालीले पठाउँदै छन्, तीन घण्टामै कोरोना परीक्षण गर्ने ‘किट्स’

admin

काठमाडौं, १४ चैत : कोरियामा रहेका नेपालीहरुले कोरोना भाइरस परीक्षणको किट्स पठाउने भएका छन् । किट्स खरिदका लागि कोरियामा रहेका नेपालीहरुले ७० लाखभन्दा धेरै रकम सङ्कलन गरिरहेका छन् ।

खकारबाट कोरोना परीक्षण गरी तीन घण्टामै नतिजा दिन सकिने पाँच हजार किट्स खरिद गरेर नेपाल पठाउन लागिएको एनआरएनए कोरियाका महासचिव मनोज गौतमले जानकारी दिएका छन् । रकम धेरै भएमा किट्सका साथै अरु सामग्री समेत पठाइने, किट्स खरिदका लागि किट्स बेच्ने कम्पनीसँग सम्झौता पनि भइसकेको शनिबारसम्ममा पाँच हजार किट्स प्राप्त हुने महासचिव गौतमले बताए ।

कोरियाबाट सिधा उडान नभएकोले चीनमा पठाउने र चीनमा रहेको टोलीले समन्वय गरेर भोलि नै नेपालमा किट्स पुर्‍याउने तयारी भएको महासचिव गौतमले बताए । अहिले नेपालमा रहेको प्रविधिबाट कोरोना परीक्षण गर्दा नतिजा आउन कम्तीमा २४ घण्टाभन्दा धेरै लाग्ने गरेकोमा कोरियामा रहेको किट्सले तीन घण्टामा सजिलै नतिजा दिन सकिने जनाइएको छ ।

यही प्रविधिका कारण कोरिया सरकारले सडमकै परीक्षण शिविर चलाएर दैनिक १५ हजारभन्दा धेरैको जाँच गरेको थियो । कोरियामा नेपाली समय अनुसार १२ देखी १ बजेसम्म खाना खाने समय भएकोले त्यसबीचमा अझ सहयोग थपिन सक्ने र थप किट्स तथा अरु सामग्री थप्न सकिने गौतमले बताएका छन् ।

प्रतिक्रिया