क्वारेन्टाइनमा राखिएका नागरिकलाई कुनै किसिमको अभाव हुँदैन : मुख्यमन्त्री भट्ट

admin

डोटी, १४ चैत : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले यहाँका नौ वटै जिल्लाका क्वारेन्टाइनमा राखिएका नागरिकलाई कुनै किसिमको अभाव नहुने बताएका छन् ।

मुख्यमन्त्री भट्टले भारतबाट काम गरेर फर्किएका र क्वारेन्टाइनमा राखिएका कुनै पनि नागरिकलाई समस्या हुन नदिन प्रदेश सरकारले आवश्यक व्यवस्था मिलाएको बताए ।

उनले भने, “सबै नागरिकलाई स्वास्थ्य जाँचदेखि खाने, बस्ने व्यवस्था मिलाउन निर्देशन दिएको छु । क्वारेन्टाइनमा राखिएका नागरिकलाई घरकै जस्तो व्यवस्था गरिने छ ।” मख्यमन्त्री भट्टले कोरोना भाइरसका विरुद्ध सबैले एकजुट भएर लाग्नुपर्ने समेत बताए ।

कोरोना भाइरस जो कोहीलाई पनि लाग्न सक्ने भएकाले सबैले घरैमा बस्न र सावधानी अपनाउन समेत उनले आग्रह गरे । कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा पर्याप्त बजेट विनियोजन गरेकाले उपचारका लागि डराउनु पर्ने अवस्था नभएको उनको भनाइ छ ।

उनका अनुसार विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकारले रु ११ करोड ५० लाख बजेट समेत विनियोजन गरेको छ ।

प्रतिक्रिया