यूएईमा फेरि दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण

admin

काठमाडाैं, १५ चैत : संयुक्त अरब इमिरेट्स (यूएई) मा फेरि दुई जना नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यूएईको स्वास्थ्य मन्त्रालयले शुक्रबार ७२ जनामा थप संक्रमण देखिएको जनाएकाे छ । तीमध्ये २ जना नेपाली रहेको पुष्टि गरिएकाे छ ।

मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा २ नेपालीसहित ७२ जनामा कोरोनाको संक्रमणको पुष्टि भएको स्थानीय संचारमाध्यम गल्फन्युजले जनाएको छ ।

संक्रमण भेटिएका सबैजना यसअघि संक्रमितसंग सम्पर्कमा रहेका व्यक्तिहरु रहेको पाइएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अुनसार संक्रमित सबै बिरामी देशका विभिन्न अस्पतालमा उपचाररत रहेको र उनीहरूको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया