धादिङमा किटनाशक औषधि छर्किन सुरु

admin

धादिङ: बिकास रौनियार(धादिङ)-कोरोना भाइस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न उपत्यका बाहिरका जिल्ला धादिङमा पनि किटनाशक औषधि छर्किन सुरु गरिएको छ। सरकारले स्थानीय तहलाई निर्देशन दिएअनुसार धादिङ गजुरीका एक जना समाज सेवी व्यक्ति गोविन्द लामिछाने आफ्नो टोलको सुरक्षाको जिम्मा स्वयम् लिनु भएको छ ।

देश लाई महामारी बाट बचाउनु को लागि ठाउँ ठाउँमा किटनाशक औषधि छर्न सुरु गर्नु भएको छ। यसअघि धादिङ को निलकण्ठ नगरपालिकाले पनि नगरभित्रका विभिन्न भीडभाड हुने ठाउँमा औषधि छर्किन सुरु गरेको छ।

कीटनाशक औषधि छर्कने क्रममा शनिबार धादिङबेशीको साँघुटार, पुच्छारबजार, बसपार्क,मुलचोक हुदैँ सिरानबजारको बजार आसपासमा र अधिकरण क्षेत्र तथा क्वारेन्टाइन क्षेत्रमा केन्द्रित गरी औषधि छर्किएको थियो । बाक्लो बस्ती भएका क्षेत्र, अत्यावश्यक सामग्री लिन चहलपहल हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर औषधि छर्किएको मेयर ढुङ्गानाले बताउनुभयो ।

प्रतिक्रिया