एसएसपी दाहालद्वारा बजारमा खटिएका प्रहरीलाई सेनिटाजर र माक्स वितरण

admin
  • बिकाश रौनियार

धादिङ : बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा -मकवानपुरका निमित्त कार्यालय प्रमुख एसएसपी किशोर कुमार दाहालले कोभिट १९ (कोरोना भाइरस ) रोकथाम,नियन्त्रण तथा बच्ने उपाय सम्बन्धी जानकारी प्रदान गर्दै पृथ्वी राजमार्गमा प्रहरीद्धारा स्थापित हेल्थ डेक्सको निरीक्षण गरेका छन् ।

उनले आवश्यक सुरक्षाका सामाग्रिहरु : गुणस्तरिय सेनिटाजर ,माक्स,पर्चा पम्प्लेटहरु जिल्ला धादिङ गजुरी बजारमा खटिएको ईलाका प्रहरी कार्यालय गजुरी , जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी ,नेपाली सेना र शसस्त्र प्रहरी बल समेतको सयुक्त टोलिलाई बितरण गरेका छन् ।

पृथ्वी-राज्यमार्गमा खटिएका सुरक्षाकर्मीलाई महामारी बाट बच्नको लागि प्रभावकारी रुपमा सफल बनाउन प्रचार-प्रसार गर्न लाई दाहालले आग्रह गरे ।

प्रतिक्रिया