व्यापारीलाई बिहानबेलुका खाद्यान्नका पसल खोल्न आग्रह

admin

डोटी, १७ चैत : लकडाउनपछि खाद्यान्न अभाव हुन थालेको गुनासो आएकाले जिल्ला प्रशासन कार्यालयले व्यापारीलाई बिहानबेलुका खाद्यान्नका पसल खोल्न अनुरोध गरेको छ ।

प्रशासनले एक सार्वजनिक सूचना प्रकाशन गरी दैनिक उपभोग्यका सामग्री समयमै आपूर्ति गर्न र आवश्यकतानुसार पिकअप जीप, भ्यान जस्ता साना सवारी साधनमार्फत होम डेलिभरीको व्यवस्था गर्नसमेत अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलद्वारा हस्ताक्षरित सूचनामा सामान खरीदबिक्री गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया