दैनिक ज्याला मजदुरी गर्ने मजदुरहरुलाई छाक टार्ने सकस

admin
  • बिकास रौनियार

धादिंग : संसार भरी फैलीरहेको कोरोना भाइरसको संक्रमण देशमा फैलन सक्ने भन्दै सरकारले देशमा लकडाउनको समय अवधि लम्बीनुको साथ उद्योग व्यापारहरु बन्द भएको छ । लकडाउनले गर्दा दैनिक ज्याला गर्दै मजदुरी गरेर छाक टार्ने मजदुरहरु भने समस्यामा परेका छन् ।

कोरोना भाइरसले मरिन्छ भन्दा पनि भोको पेटले मर्ने चिन्तामा उनीहरु रहेका छन् । “काम गरेको दिनमा त साहुले चुलो वालि दिन्छ काम नगरेको दिन त भोकै वसनु परेको छ। ईट्टा उद्योगमा काम गर्ने कामदारहरुले सहज रुपमा आफ्नो गाउँ सम्म जाने वातावरण वनाई दिन उद्योगी र सरकारसँग माग गरेका छन् ।

संचारकर्मीहरुसँग दुखेसो पोख्दै भने,हामीले बोलेको सरकारले सुन्दैन तपाईंहरुले भनेको सुन्छ, हाम्रो आवाज सरकार सम्म पुरयाई दैनिक रुपमा भोकै हुने अवस्थाबाट मुक्तिको सहयोग गरिदिन अपिल गरेका छन् । आफ्नो गन्तव्यसम्म जान नसकुन्जेल हामीलाई खानपानको व्यवस्थापन गर्न सरकारसँग माग गरेको छन।

यिनीहरु आफ़्नो जन्म भुमी घर तिर जान बाध्य भएको छन जानि कसरी न त सवारी साधन नै चलेको छन राज्य मार्गमा,न त काम गर्ने अवस्थानै सिर्जना भएको छ । कोरोनाको डर त्रासले आम मानिस घर भित्र छन् तर यि मजदुरहरु भने रोगको त्रास भन्दा पनि विहान वेलुकाको लागि खाना को चिन्तामा छन् । कोरोना भाइरसले मरिन्छ भन्दा पनि भोको पेटले मर्ने चिन्तामा उनीहरु रहेका छन् ।

“काम गरेको दिनमा त साहुले चुलो वालि दिन्छ काम नगरेको दिन त भोकै बस्नु परेको छ।काम बन्द भएको एक साता हुन लाग्यो फेरी पनि लकडाउनको समय अवधि थापिएको छ |आज सम्म त बिहान पकाएर पछि वेलुका लागि समेत यही खाना खाने गरेको मजदुरहरु वताउँछन् । हाल जिल्लामा धुनिबेसि,नीलकण्ठ नगरपालिका, गजुरी, सिद्धलेक र थार्के गाउँपालिकामा गरि ४२ वटा ईट्टा उद्योग दर्ता भई संचालनमा रहेका छन् ।

यी ईट्टा उद्योगहरुमा धादिङ जिल्ला लगायत रुकुम, रोल्पा ,दाङ,रौतहट, सर्लाही,बारा पर्सा,सिन्धुलि लगायत जिल्ला र भारतबाट समेत गरि ६ हजार भन्दा बढी मजदुर कार्यरत रहेका छन ईट्टा उधोगमा ।ईट्टा उद्योगमा काम गर्ने कामदारहरुले सहज रुपमा आफ्नो गाउँ सम्म जाने वातावरण वनाई दिन उद्योगी र सरकारसँग माग गरेका छन् ।

संचारकर्मीहरुसँग दुखेसो पोख्दै भने,हामीले बोलेको सरकारले सुन्दैन तपाईंहरुले भनेको सुन्छ, हाम्रो आवाज सरकार सम्म पुरयाई दैनिक रुपमा भोकै हुने अवस्थाबाट मुक्तिको सहयोग गरिदिन अपिल गरेका छन् ।

प्रतिक्रिया