मागेर खान्थे तर लकडाउनले भोकै मर्ने भैयो !

admin

काठमाडौं, कोरोनाको संत्रासले विश्वका साथै नेपाल पनि अहिले आतंकित भईरहेको अवस्थामा अहिलेसम्म विश्वभर यो समाचार तयार पार्दासम्म ७ लाख २४ हजार ४३६ जना संक्रमित भएका छन् । ३४ हजार ९ जनाले अकालमै ज्यान गुमाएका छन् ।

नेपालमा पनि अहिलेसम्म ५ जनामा यो महामारी देखापरी सकेको छ । आज नेपाल लकडाउन भएको ७ दिन भईसक्दा समेत सरकारले कुनै पनि प्रभावकारी राहातका कार्यक्रमहरु लिएर आउन सकेको छैन ।

सरकारले जारी गरेको यो लकडाउनले दैनिक ज्यालामजदुरी गरेर दैनिकि चलाउने लाखौँ नागरिक हरु रोजीरोटी नभएर भोकभोकै बस्नुपर्ने बाध्यतामा परेका छन् । त्यो भन्दा पनि विकराल समस्या काठमाडौं लगायत देशभरै भरी रहेका सामाजिक संस्था र अशक्त बिरामीहरु यतिबेला ठुलो मारमा परेका छन् ।

रोग भन्दा पनि भोकले पो मरिन्छ कि भन्दै विभिन्न मिडियाहरु गुहार्न थालेका छन् । त्यस्तै लामो समयदेखी मृगौला पिडीत भएपनि पशुपति मन्दिर क्षेत्रमा मागेर दैनिक गुजारा चलाउने कैलाली चिसापानीका नारायण पहाडी यतिबेला कोठामा खाने रासन सकिएपछि भोकले मर्छुकी भनेर अतालिएका छन् ।

मृगौला फेल भएपछि श्रीमतीले समेत छाडेर गए आफ्नो ७० वर्षीय आमासँग काठमाडौंको जोरपाटिमा कोठा भाडामा बस्दै आएका पहाडीले भर्खरै मृगौला प्रत्यारोपण गरि फर्किएका प्रधानमन्त्रीले हामीजस्तो बिरामी व्यक्तिहरुलाई यो विषय परिस्थितीमा उचित ध्यान नदिएको आक्रोश पोखेका छन् । उनी भन्छन यो देशमा सरकार छ र उनै मृगौला पिडीत नारायण पहाडीलाई हामीले सम्पर्क गरेका छौ ।

प्रतिक्रिया