सल्यानका तीन जनामा कोरोना ‘नेगेटिभ’

admin

सल्यान, २० चैत : कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा सल्यानका तीन जनाको नमूना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ ।

बनगाड कुपिण्डे नगरपालिका-१२ निगाल्चुलाका दुई र छत्रेश्वरी गाउँपालिका-१ दमाचौरका एकको नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको हो ।

तीनै जनालाई उच्च ज्वरो देखिएपछि उनीहरुको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएकामा कोरोना रिपोर्टमा नेगेटिभ देखिएको सल्यान अस्पतालका प्रमुख डा. अर्जुन बुढाले जानकारी दिए । उनीहरूको जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो ।

यही चैत १० गते कामको सिलसिलामा भारतबाट घर आएका बनगाड कुपिण्डे-१२ निगाल्चुला माझखर्कका एक पुरुषलाई उच्च ज्वरो देखिएपछि उनकी श्रीमतीसहितलाई सल्यान अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।

प्रतिक्रिया