अमेरिकामा दुई नेपालीको घरभित्रै रहस्यमय मृ’त्यु

admin

काठमाडौं, २३ चैत : अमेरिकामा दुई नेपालीको घरभित्रै रहस्यमय मृ’त्यु भएको छ । मुस्ताङ घर भई न्युयोर्कको क्वीन्स जमैकामा बस्ने अन्दाजी ४० बर्षका सोनाम लामा र ज्याक्सनहाइटमा बस्ने थोंग्वेन विष्टको मृ’त्यु भएको हो । जमैकामा एक्लै बस्दै आएका सोनामको मृ’त्यु कोठाभित्रै भएको जनाइएको छ ।

फाइल फोटो

फोन सम्पर्क गर्दा सम्पर्क नभएपछि उनी बसेको कोठामा गएर हेर्दा सोनाम मृ’त अवस्थामा भेटिएका थिए । उनीहरु केही दिनदेखि बिरामी रहेको बताइएको छ । उनको मृ’त्यु कोरोना संक्रमणको कारण भएको अनुमान गरिएपनि रिपोर्ट आउन बाँकी रहेको छ । १८ बर्षदेखि अमेरिकामा बस्दै आएका सोनामको परिवार नेपालमा रहेको जनाइएको छ ।

त्यस्तै, झण्डै १९ बर्षदेखि अमेरिकाको सन्नीसाइडमा बस्दै आएका थोंग्वेन विष्टको बस्दै आएको अपार्टमेन्टमा मृ’त्यु भएको छ । विगत एकसातादेखि बिरामी रहेका उनको श’व भने प्रहरीलेनै दाहसंस्कार गरिसकेको जनाइएको छ । विष्ट अपर मुस्ताङको लोमान्थाङका रहेको जनाइएको छ ।

प्रतिक्रिया