काभ्रेमा अधिकांश क्वारेन्टाइन खाली

admin

काभ्रे : जिल्लाका १३ वाटै स्थानीय तहका स्वास्थ्य संयोजकसँग सम्पर्क गरि लिएको तथ्याङ्क अनुसार जिल्लामा विदेशबाट आउनेको संख्या ४११ पुगेको छ । तर कोरोना रोकथाम, नियन्त्रण र ब्यवस्थापन गर्न जिल्लामा गठन भएको कमाण्ड पोष्टमा भने ३४९ मात्रै विवरण रहेको पाइएको छ ।

कतिपय विदेशबाट फर्किएहरुको अझै सम्पर्कमा नआएको र ल्याउन धेरै कष्ट गर्नुपरिरहेको स्वास्थ्य संयोजकहरु बताउँछन् । जिल्लाको सबैभन्दा बढी पनौती नगरपालिकामा १०९ जना विदेशबाट आएको ब्यक्ति सम्पर्क आएका छन् ।

तर कमाण्ड पोष्टसँग भने १०१ जनाको मात्रै तथ्याङ्क छ । यत्तिधेरै संख्यामा विदेशबाट काभ्रे जिल्लामा आएपनि क्वारेन्टाइनमा भने मण्डनदेउपुर नगरपालिका बाहेक अन्य नगरपालिकाले मात्रै राखेको पाइएको छ । मण्डनदेउपुर नगरपालिकाले विदेशबाट फर्किएका ८ जनालाई आफैले सञ्चालनमा ल्याएको क्वारेन्टाइनमा राखेर पटक–पटक स्वास्थ्य परीक्षण गरेपछि ५ जनालाई घर पठाएको छ ।

अझै ३ जनालाई क्वारेन्टाइनमै राखेको छ । मण्दडेउपुरमा ३८ जना एक महिनाको बिचमा विदेशबाट आइपुगेको तथ्याङ्क छ । यसैबीच धुलिखेलको स्थित सञ्जीवनी माविको क्वारेन्टाइनमा आजदेखि ८ जनालाई राख्ने तयारी गरिएको छ ।

प्रतिक्रिया