धुलिखेल अस्पतालमा उच्च ज्वराेका कारण एक महिलाको मृत्यु

admin

काभ्रे : जिल्लाको धुलिखेल अस्पतालमा एक महिलाको मृत्यु भएको छ। पनौती नगरपालिका–१२ स्थित कलाती भूमिडाँडाकी अन्दाजी ४८ वर्षीया मधुमाया तामाङको मृत्यु भएको हो। मृतक तामाङलाई आज (आइतबार) बिहान करिब पौने ९ बजेतिर अस्पताल ल्याइएको थियो। ती महिलालाई एक्कासि पेट, टाउको दुख्ने र उच्च ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो। तर अस्पताल पुर्‍याउनसाथ उनलाई डाक्टरले मृत घोषण गरिएको पारिवारिक स्रोतले जनाएको छ।

मृतकको शव हाल अस्पतालमा नै राखिएको छ। तामाङको के कारणले मृत्यु भएको हो भन्ने कुनै रिपोर्ट आएको छैन। मृतकको नमुना संकलन गरेर परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा पठाइएको धुलिखेल अस्पतालका डा. सुमन श्रेष्ठले जानकारी दिए।

मृतककी छोरी कतारबाट नेपाल आएकी थिइन् मृतक तामाङकी २८ वर्षीय छोरी सुकुमाया तामाङ भने यही चैत ३ गते कतारबाट नेपाल आएकी हुन्।

त्यस्तै कतारबाट आएकी सुकुमायासहित उनको सम्पर्कमा रहेका व्यक्तिहरुलाई कोरोना भाइरसको आशंकामा क्वारेन्टाइनमा राखिएको डाक्टर श्रेष्ठले बताए। उनका अनुसार सुकुमायाको पनि नमुना संकलन गरी परिक्षणको लागि टेकु पठाइएको छ।

प्रतिक्रिया