धुलिखेलको क्वारेन्टाइनमा बालक सहित एकैपटक १० जना

admin

धुलिखेल, २३ चैतः धुलिखेलको सञ्जिवनी माविको क्वारेन्टाइनमा एकै पटक १० जनालाई राखिएको छ । क्वारेन्टाइनमा रहेका अधिकांश पनौती नगरपालिका वडा नम्बर १२ कलाती भूमिडाँडा, मगरगाउँका रहेका छन् ।

क्वारेन्टाइनमा ७ बर्षीय बालकसहित १० रहेको धुलिखेल नगरपालिकाका स्वास्थ्य संयोजक सन्दिप केसीले बताए ।

मगरगाउँकी ४८ बर्षीय मधुमाया तामाङको धुलिखेल अस्पतालमा मृत्यु भएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।

प्रतिक्रिया