कोरोनाका कारण अमेरिकामा एकै दिन चारजना नेपालीको नि*धन

राष्ट्रिय समाचार समिति

वाशिङटन डिसी, २३ चैत :अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण नि*धन भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण नि*धन हुनेको सङ्ख्या पाँच पुगेको छ ।

शनिबार अरू चारजनाको नि*धन भएको हो । यसरी निधन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु रहनुभएको छ । सबै न्युयोर्कमा बस्दै आउनुभएको थियो ।

निधन हुनुभएकाको परिवार र स्थानीय सङ्घसंस्थाका प्रतिनिधिसँग समन्वय गरेर अन्तिम संस्कार गरिने जानकारी मेरिल्यान्ड राज्यसभाका विधायक ह्यारी भण्डारीले राससलाई बताउनुभयो ।

प्रतिक्रिया