हरियो तरकारीको अभाव

admin

कोहलपुर,चैत २४, : लकडाउनका कारण कर्णालीका बजारमा हरियो तरकारी पाउन छाडेको छ । स्वास्थ्यका दृष्टिकोणले हरियो तरकारी आवश्यक पर्दछ तर यस्तो अवस्थामा त्यस्ता तरकारी खोज्ने अवस्था पनि छैन । घरमै खेती गरेकाहरूले भने जेनतेन हरियो तरकारी खान पाइरहेका छन् ।

तरकारी आउँदैन
हुम्ला समाचारदाता राजन रावतले अधिकांश बासिन्दाले तरकारी खान छाडेको समाचार पठाउनुभएको छ । हवाई यातायातबाट नेपालगन्ज र सुर्खेतबाट भित्रिने तरकारी आउन छाडेको छ भने स्थानीय बजारमा तरकारी नपाउँदा हुम्लावासीले तरकारी खान छोडेका छन् ।

तरकारी हारालुछ
जाजरकोट समाचारदाता सहदेव बस्नेतका अनुसार लकडाउन भएसँगै जाजरकोट बजारमा हरियो तरकारीको अभाव भएको छ । किसानले उत्पादन गरेका तरकारी बजारसम्म लैजान नपाए पनि गाउँघरमै बिक्री गर्ने गरेका छन् ।

काम चलाइँदै छ
जुम्ला समाचारदाता नेत्र शाहीले स्थानीय बासिन्दाले आफ्नै बारीको हरियो तरकारीको उत्पादनमा जोड दिन थालेको रिपोर्टिङ गरेका छन् । डोकोमा तरकारी ल्याउने किसानहरू अहिले मर्कामा परेका छन् । अहिले जौ र गहुँसँगै हुने सुवाले नामक सागबाट काम चलाउने गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया