लकडाउनमा यौ*नजीवन : के–के गर्ने, के–के नगर्ने ?

admin
  • गोपाल ढकाल,मनोबिद

विश्वव्यापी कोरोना महामारी फैलिएपछि यतिबेला लगभग सिंगै विश्व लकडाउनको अवस्थामा छ । मानसिहरु घरभित्रै सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

मानिसको दैनिकीमा परिवर्तन आएको छ । कोरोनाको प्रभाव शारीरमा मात्र परेको छैन र पर्ने कुरा पनि होइन; व्यक्तिको सोच, विचार, भावना, व्यवहार, सम्बन्ध, यौ*नजीवन आदिजस्ता कुरामा पनि परेको छ ।

मानिसका लागि आधारभूत आवश्यकताका अन्य वस्तु झैं यौ*न क्रियाकलाप पनि अत्यावश्यक कुरा हो । तर, अहिलेको लकडाउन र सेल्फ क्वारेन्टाइनले यौ*नको परिपूर्तिमा असर गरेको अनुमान गर्न सकिन्छ । कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले यौ*नजोडीमध्येको कुनै एक जनामा यदि कोरोनाको सं*क्रमण भएको रहेछ भने अर्को यौ*न पार्टनरलाई सर्ने जोखिम हुन्छ ।

यौ*न क्रियाकलापका दौरान गरिने स्प*र्श, चु*म्बन आदिले त जोखिम झनै बढाउँछ । एक प्रेमीले आफूलाई कोरोना सारिदिएको भन्दै इटालीमा एक युवकले आफ्नी डाक्टर प्रेमिकाको ह*त्या गरेको दुः*खद् समचार आएको छ ।

यद्यपि कोरोना यौ*न सम्बन्धबाट सर्ने रोग भने होइन । यौ*नज‍ोडीहरु, जो लामो समयदेखि सँगै बसिरहेका छन र दुवैमा कोरोनाका कुनै लक्षण र आ*शंका देखिएका छैनन् भने लकडाउनको समयमा पनि सुरक्षित रुपमा यौ*न सम्बन्ध राख्न कुनै बाधा पर्दैन । तर, यस्तो समयमा अपरिचित, परपुरुष तथा परस्त्रीसगँको यौ*न सम्बन्ध भने असाध्यै जोखिमपूर्ण हुन्छ ।

कोरोनाको सं*क्रमण सर्ने ड*रले अहिले यौ*नमा वैकल्पिक उपायका साधनहरुको प्रयोग बढेर गएको छ । विश्वमा नै अहिले यौ*न खेलौनाको माग तथा बिक्री बढेको तथ्यांक देखिन्छ । पो*नसाईट भिजिट गर्नेको संख्या बढेको तथा पो*र्नस्टारहरुको कमाइ एवं माग बढेका समचारहरु आइरहेका छन् ।

लकडाउनको समयमा अहिले व्यक्ति फुर्सदिलो भएको छ । के गरेर समय बिताउने ? धेरैमा छट्पटी पनि बढेर गएको छ । लकडाउनको समयलाई सिर्जनशील रुपमा बिताउन नजान्दा यौ*नमा अझ बढी ध्यान जान सक्छ । धेरैलाई कोरोनाको ड*र–त्रा*सले तनाब बढाएको छ ।

तनावका बेला अन्य कार्यमा रुचि नजाने र यौ*नलाई नै आनन्द र मनोरञ्जनको माध्यम बनाउने जोखिम पनि बढ्छ । यौ*न सम्पर्कका बेला मस्तिष्कबाट अक्सिटोसिन, डोपामिन, एन्डोरफिनजस्ता खुशी र आनन्द दिने रसायनिक तत्त्वको उत्पादन हुन्छ । यसकारण पनि यस्तो अवस्थामा व्यक्ति यौन*कर्मप्रति लालायित हुन पुग्छ ।

यौ*न क्रियाकलापका निम्ति यौ*नजोडीबीच समझदारी र सहकार्य हुनु जरुरी हुन्छ । लामो समयदेखिको तनावले यौ*नजोडीमा यौनक्षमता तथा चाहना कम भएको हुन सक्छ । कोरोनाको भय–त्रा*सका कारण यौ*नजोडी तनावमा हुन सक्छ ।

असुरक्षित महशुस गरिरहेको हुन सक्छ । भविष्यलाई लिएर चिन्ता गरिरहेको हुन सक्छ । यस्तो अवस्थामा रिस, आवेग, चिटचिटाहट बढेर जान्छ । विपत्तिको यस्तो अवस्थामा यौ*नजोडीले एक–अर्काको ख्याल गर्नुपर्छ, भावनाको कदर गर्नुपर्छ ।

एक–अर्काको सहमति र इच्छाविपरीत यौ*नकार्य गर्नु हुँदैन । त्यसले वैवाहिक सम्बन्धमा समेत समस्या उत्पन्न हुन सक्छ । यो कुरामा विचार नपुग्दा यौ*नहिं*सा तथा घरेलु हिं*साको कारण बन्न पुग्छ । कोरोनाको डर–त्रा*स र तनावलाई बिर्सन र*क्सीको सहारा लिने गरेको पाइन्छ । नसामा भएका बेला व्यक्तिमा यौन उच्छृंखलता बढ्छ । नसाले यौ*नमा जोर*जबर्जस्ती तथा यौ*नहिं*सा बढाउन सक्छ ।

लकडाउनको समयमा विश्वभरि नै महिलाहिं*सा र यौ*नहिं*सा बढेर गएको तथ्यांकले देखाएको छ । पारपाचुके गर्नका लागि निवेदन दिनेहरु पनि बढेका समचारहरु आइरहेका छन् । यी घटनाहरु बढनुका पछाडि केही खास कारणहरू छन् ।

लकडाउनका बेला यौ*नजीवनलाई संयमित बनाउन नजान्नु वा नसक्नु नै हुन सक्छ । विपत्ति र रोगको संक्रमण बढेका बेला राखिने यौ*न सम्बन्ध असुरक्षित पनि हुन सक्छ ।

चाहना नगरेको ग*र्भ रहन सक्छ, जसले यौ*नजोडीका दुवैलाई तनाव थपिदिन्छ । इच्छा नहुँदा–नहुँदै ग*र्भ रहयो र बच्चा जन्माउनुपर्‍यो भने त्यसले आामा र बच्चा दुवैको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पुर्‍याउँछ । प्लान नगरेको बच्चालाई जन्माउनु पर्दा बच्चा जन्मिसकेपछि पनि आमालाई पोस्टनेटल डि*प्रेसन हुने जोखिम बढ्छ ।

अर्को कुरा, लकडाउनभन्दा अगाडि कामको व्यस्तता र दौडधुपका कारण धेरैको यौ*नजीवन तहसनहस भएको पनि हुन सक्छ । त्यसो हो भने लकडाउनलाई अवसरका रुपमा लिनुपर्छ । शारीरिक सम्पर्कले शरीर मात्र एक बनाउने होइन, मनलाई समेत एक बनाउन सहयोग गर्छ ।

भावनात्मक रुपमा एक–अर्कालाई नजिक त्याउँछ र अझ बढी आफ्नोपनको महशुस गराउँछ, आत्मबल बढेर जान्छ र शरीरमा स्फूर्ति तथा जोस–जाँगर बढ्छ । तसर्थ, अहिलेको बिपत्तिको अवस्थामा पनि सुरक्षित र संयमित यौ*नलाई भने प्रोत्साहन गर्नुपर्छ ।

लेखक मनोविद् हुन्, उनी ‘मार्क नेपाल’ संस्थासँग सम्बद्ध छन् ।

प्रतिक्रिया