लकडाउमा बढ्यो महिला हिं*सा : यस्तो छ मनोबैज्ञानिक कारण

admin
  • गोपाल ढकाल मनोविद ।

कोरोनाको महामारीले अहिले बिश्व नै आ*क्रान्त बनेको छ । कोरोनाको बिपतिबाट जोगिन धेरै देशले लकडाउनको उपाय अबलम्बन गरेका छन ।कोरोनाको संक्रमणबाट जोगिन यसलाई उतम उपायको रुपमा लिईएको छ ।

बिश्वका प्राय सबै मानिसहरु घरभित्रै परिबारसँग एकान्तबासमा रहेकाछन । अहिलेको अबस्थामा शारिरिक तथा मानसिक स्बास्थ्य दुबैका हिसाबले गुप्तबाँस बस्नु राम्रो हो ।

बिपतको बेला परिबारका सबै सदस्यहरु एकै ठाँउमा हुँदा मानसिक रुपमा ब्यक्तिले आफू सुरक्षित भएको महसुस गर्छ । घर परिबारका सदस्य एकै ठाँउमा हुँदा एक अर्कालाई ढाडस तथा हौसला मिल्ने , माया , ममता पाउने , एकले अर्काको भावना बुझ्ने , सहयोगको आदन प्रदान हुने आदि जस्ता कार्यले कोरोनाको ड*र त्रा*स ,भय पनि कम भएर जान्छ ।

बिपतिका बेला मानसिक रुपमा स्बास्थ रहनका लागि पनि परिबारका सबै सदस्यहरु सँगै रहनु महत्त्वपूर्ण मानिन्छ ।
प्राय सबैका लागि आफ्नो घर नै सबै भन्दा सुरक्षित ठाउँ पनि हो ।

रोगब्याधिको संक्रमण तथा प्राकृतिक प्रकोप आदि जस्ता बिपत्तिका बेला मानिसले घर परिबार नै सम्झन्छन् । घर परिबारसँगै हुने चाहना बढेर आउँछ ।


लकडाउनले परिबारिक सम्बन्ध राम्रो बनाउने अबसर पनि दिएको छ । आधुनिक ब्यस्त जीवन शैलिका कारण चाहेर पनि मानिसले आफ्नो घर परिकारलाई समय दिन सकिरहेका छ‌ैनन। अहिले यो अबसर मिलेको छ । एकले अर्काको भावना बुझ्ने , सम्बन्धलाई मजबुत बनाउने सुनौलो समय हो यो ।

सम्बन्धमलाई नबिकरण गर्ने मौका पनि हो । एक अर्का बिच मनमुटाव बढनु तथा सम्बन्ध बिग्रदै जानुको कारण एकले अर्कोलाई बुझ्न नसक्नु नै हो । एकले अर्कोलाई राम्रोसँग बुझ्नुका लागि घेरै समय साथै रहने , आपसमा कुराकानी गर्ने गर्नु महत्त्वपूर्ण हुन्छ ।

अहिले यो मौका मिलेका कारण परिबारिक सम्बन्ध राम्रो हुने , आत्मियता , समझदारी बढने अनुमान गरिएता पनि लकडाउन पछि घरेलु हिं*सा, यौ*न हिं*सा , महिला हिं*सा , बालबालिका माथि हुने दु*र्व्यवहार , जेष्ठ नागरिक माथिको हिं*सा , डिभोर्स जस्ता घटनाहरु बढदै गएको तथ्यांक देखिएको छ ।

लकडाउनमा रहेका प्राय सबै जसो देशहरुमा घरेलु हिं*सा उल्लेखिय मात्रामा वृद्धि भएर गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन । ब्राजिलदेखि जर्मनी, इटाली हुँदै चीनसम्म हिं*साविरूद्धका अभियन्ता र पी*डितले लकडाउन तथा क्वारेन्टाइन अवधिमा दु*र्व्यवहार बढेको बताएका छन्। ब्राजिलमा घरेलु हिंसा ४० देखि ५० प्रतिशत बढेको अनुमान त्यहाँका न्यायाधीशले लगाएका छन्।

फ्रान्स १७ मार्चदेखि लकडाउनमा छ । यहाँ पछिल्लो एक हप्तामा घरेलु हिं*साका घटनामा ३२ प्रतिशतको वृद्धि भएको देखिएकोछ । द गार्डियन अनलाईनले चीनको हुबईमा फ्रेबुअरीमा मात्र घरेलु हिं*सा साधारण समयमा भन्दा तीन गुणा बढेको त्यहाँको प्र*हरीलाई उद्रित गर्दै लेखेकोछ।

भारतीय सञ्चार माध्यमका अनुसार लकडाउनको क्रममा महिला हिं*साको ऊजुरीमा दोब्बरको वृद्धि भएको छ । नेपालमा पनि लकडाउनका बेला महिला तथा घरेलु हिं*साका घटना बढको समचार आउन थालेका छन । यसो हुनुका पछाडिको केही मनोबैज्ञानिक कारणहरु रहेका छन ।

कुनै परिस्थितिमा ब्यक्तिले कस्तो व्यवहार देखाउछ भन्ने कुरा स्वयं ब्यक्तिको ज्ञान , सीप , अनुभव जस्ता कुरामा भर पर्छ । आपत, बिपत, अफ्ट्यारो परिस्थितिमा ब्यक्तिले कि त सकारात्मक व्यवहार देखाउछ कि त नकारात्मक व्यवहार गर्छ । नकारात्मक क्रियाकलापले समस्या झनै बढाउदै जान्छ । लकडाउनलाई ब्यक्तिले कसरी उपयोग गरिरहेको छ भन्ने कुरा पनि ब्यक्ति पिच्छे फरक फरक हुन्छ ।

कसैको लागि लकडाउन उपयोगी र अबसर सावित भै रहेको हुन सक्छ भने कतिको लागि बोझिलो र संकट पुर्ण पनि हुनसक्छ । अफ्ट्यारो अबस्थामा घर परिबारका सदस्यहरुले एकले अर्कोको भावना बुझ्न सकेन, सहयोगको आदन प्रदान भएन, अर्कोलाई आदर सम्मान गर्न जानेन भने कलह बढेर जान्छ । ” भनिन्छ आपत बिपतमा नै मान्छे चिनिन्छ ।”

अन्तरबैयक्तिक सम्बन्ध राम्रो बनाउने सीपको कमि हुँदा पनि सम्बन्ध बिग्रन सक्छ । सबैमा यस्तो सीप हुन्छ भन्न सकिदैन । जसको कारण पनि घरेलु हिं*साको भैरहेको हुन सक्छ । मानिसहरु अहिले कोरोनाक‍ो डर , त्रास , भयको कारण तनाबमा छन । तनाबको बेला सानो सानो कुरामा पनि झनक्क रिस उठने , आबेशमा आउने ,जि*द्दीपन, चिट*चिटाहटपन , छ*ट्पटी बढने गर्छ ।

यस्तो बेलामा निर्णय लिन पनि गार्हो पर्न सक्छ । जाँ*डर*क्सी तथा ला*गू प्रदार्थको सेबन बढने सक्छ । परिबार , आफन्त प्रती शं*का लाग्ने आदि जस्ता लक्षण देखा पर्न सक्छन् । य

सले पनि परिबारिक कलह तथा हिं*साका घटनाहरु बढाई रहेको हुन सक्छ । हाम्रो समाजमा धेरै जसो घरेलु हिं*सा तथा महिला हिं*सा जाँ*ड – र*क्सि तथा ला*गू प्रदार्थको सेवनका कारणले भएको देखिन्छ ।

बिपतिले पुरुषलाई भन्दा महिलालाई बढि मानसिक असर पुर्याउछ । साथै लकडाउनले महिलाहरुमा घरयायसी कामको बोझ पनि बढाएको अनुमान गर्न सकिन्छ । जसको कारण महिलाहरुमा अझै बढि तनाब , निराशा पैदा भएको हुनुपर्छ । यस्तो अबस्थामा महिलाको समस्यालाई बुझ्न नसक्दा परिबारमा असमझदारी तथा झै*झगडा हुनपुग्छ ।

लकडाउनको समयलाई सिर्जनसिल रुपमा बिताउन नजान्दा फुर्सदको बेला जतिबेला पनि सोच यौनतिर जानसक्छ । यौ*न जोडि यसमा तयार नहुदा यौ*न हिं*सा समेत हुन पुग्छ । यौ*नको मामलामा श्रीमतिको ईच्छा नबुझीकन यौ*न कार्यमा संलग्न हुनु अहिलेको समयमा अझ बढि घातक साबित हुन सक्छ ।

अति तनाब ,ड*र , चिन्ताको बेलामा यौन*को रुचि कम भएर जान्छ । यो कुराको ख्याल यौ*न जोडिले गर्नु पर्छ । यौन जोडिले तनाबको कारण जाँ*ड र*क्सी सेबन गरि यौ*न उत्सूखलता देखाउन सक्छ । जसले सम्बन्धमा समस्या ल्याउने गर्छ।

साना साना कुरामा कचकच गर्ने बानी छ भने पनि यो समयमा परिबारिक कलह बढन सक्छ । यस्तो बानीले आगोमा घिउको काम गर्न सक्छ । तनाबको अबस्थामा जिस्कने , अनावश्यक ठट्टा गर्नु पनि राम्रो होईन ।

तनाब , चिन्ताको बेला ब्यक्तिले कुन कुरा सहि हो कुन ठट्टा हो छुट्टाउन नसकिरहेको पनि हुनसक्छ । ” ख्याल ख्यालैमा झ्याल पर्ला नि” भन्ने नै गरिन्छ । कोरोनाको संकटले शारिरिक स्बास्थ्यलाई मात्र होइन , मानसिक स्बास्थ्यका साथै अार्थिक जटिलता पनि बढाउदै लगेको छ ।

आर्थिक संकटको बेला आफ्ना आधारभुत आबस्यकताहरु पूरा नहुदा पनि परिबारिक कलह बढने जोखिम बढि हुन्छ । कोरोनाको ड*र त्रा*सको अबस्थामा बुद्धिमानि पुर्बक समयको सहि सदुपयोग गर्न सकेको खण्डमा शारीरिक , मानसिक ,पारिबारिक सबै हिसाबले उत्पादन मुलक हुन्छ ।

बिपतिले ल्याउने मानसिक , पारिबारिक , अन्तरबैयक्तिक , आर्थिक , सामाजिक जस्ता असरलाई सबैले बुझि सोहि अनुसार व्यवहार गर्नु पर्छ । शारीरिक सरसफाइमा ध्यान दिदै गुप्तबासमा बस्नु र मानसिक रुपमा आत्मबल उच्च बनाइ राख्नु अहिलेको आबस्यकता हो ।

बिपतिको बेला परिबारमा धैर्यता र समझदारी अाबस्यक हुन्छ । संकटको बेला जिबन शैलिमा समेत परिबर्तन आउँछ । बिपतिले पारेको शारीरिक , मानसिक , सामाजिक असरलाई ख्याल गर्दै परिबर्तित अबस्थामा एक अर्कोको मनोबिज्ञानलाई बुझ्दै व्यवहार गर्ने हो भने परिबारिक कलह तथा घरेलु हिं*सालाई रोक्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू